प्रतिनिधिसभामा संघीय निजामती सेवा विधेयक पेस

काठमाण्डौ, १ चैत्र । संघीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधिसभामा पेस भएको छ ।बिहीबारको प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० लाई प्रस्तुत गरेका हुन् । विधेयक प्रस्तुत गर्दै मन्त्री जोशीले मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्था अनुरुप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन ऐन जारी गर्नुपर्ने आवश्यकता रहेको बताए…