लुम्बिनी, २७ फागुन । बौद्धमार्गमा हिँड्ने पहिलो खुट्किलो मानिने श्रामणेर (अल्पकालीन) भिक्षुका लागि बुद्ध जन्मस्थल लुम्बिनीमा प्रव्रज्या आयोजना गरिएको छ । शनिबार मायादेवी मन्दिर परिसरमा एकैदिन एक हजार दुई सय ५० जना अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्धधर्मका विभिन्न १० वटा शिलहरू पालना गरी प्रव्रज्यामा सहभागिता जनाएका हुन् । अखिल नेपाल भिक्षु महासङ्घ र थाई…