काठमाडौँ, २४ फागुन । आज काठमाडौँको विभिन्न स्थानमा चार घन्टा विद्युत् सेवा अवरूद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गत पर्ने लाजिम्पाट, पानीपोखरी, बालुवाटार क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बत्ती नआउने भएको हो । उक्त क्षेत्रमा केबल रेजिङ, भूमीगत प्रसारण लाइन निर्माण लगायतका कार्य गर्नका लागि…