काठमाडौँ, २ फागुन । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । सरस्वती विद्या, ज्ञान–विज्ञान, कला–शिल्प, संगीतकी देवी हुन् । शास्त्रमा श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी…