काठमाडौँ, १९ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा सक्रियता बढाउन निर्देशन दिएका छन् । शुक्रबार उपत्यका विशेष कमिटीको अधिवेशनको उद्घाटन गर्दै उनले सामाजिक जागरण, अन्योल चिर्नका लागि हस्तक्षेप गर्नु आवश्यक रहेको बताए । उनले चेतना अभिवृद्धिका लागि सामाजिक सञ्जालमा सक्रिय रहन आग्रह गरे । ओलीले बेठिकका विरुद्ध, ठिकका पक्षमा हस्तक्षेप गर्न निर्देशन…