सांसद पौड्यालको प्रश्न : हत्यारालाई आममाफी दिन हस्ताक्षर गर्दा हात कामेन ?

काठमाडौँ, १८ असोज । राष्ट्रियसभा सदस्य डा. विमला राई पौड्यालले जघन्य अपराध गरेको मान्छेलाई आममाफी दिने कुरामा हस्ताक्षर गर्दा राष्ट्रपतिको हात कामेन भन्दै प्रश्न गरेकी छन् । आज राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै पौड्यालले राष्ट्रपति मन्त्रिपरिषद्को औँठाछाप नभएर संविधानको संरक्षक भएको भन्दै संविधानको रक्षकले हत्यारालाई आममाफी दिनु गलत भएको बताइन् । उनले मन्त्रिपरिषद्को औँठाछापका रुपमा…