धनगढी, १९ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूकम्पबाट बेघर भएका मानिसहरुको घर प्रदेश सरकारले बनाइदिने घोषणा गरेका छन् । बझाङ जिल्लास्थित भूूकम्प प्रभावित वस्तीहरुको स्थगलगत अनुगमन गरेका मुख्यमन्त्री शाहले प्रभावितहरुको घर बनाइदिने आश्वासन दिएका हुन् । बिहीबार नै बझाङ पुगेका मुख्यमन्त्री शाहले आज प्रभावितहरुको बस्तीको अनुगमनको क्रममा स्थानीय प्रभावितहरुसँग छलफल गर्दै घर बनाइदिने…