काठमाडौँ, ६ भदौ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष लामो समयदेखि रिक्त रहेको न्यायाधीशको दरबन्दी पदपूर्ति पहिलो जिम्मेवारी रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएर मंगलबार पदभार ग्रहण गरेसँगै प्रधानन्यायाधीश श्रेष्ठसमक्ष जिल्ला, उच्च र सर्वोच्च अदालतमा लामो समयदेखि रिक्त न्यायाधीश पदपूर्तिका प्रक्रिया तत्काल अघि बढाउनुपर्ने कार्यभार सामुन्ने आएको छ ।लामो समयसम्म सबै तहका अदालतमा न्यायाधीश नियुक्तिको…