आगामी असोजदेखि द्रुत बससेवा सञ्चालन गरिन्छ : मन्त्री ज्वाला

काठमाडौँ, १६ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी असोज १ गतेदेखि द्रुत बससेवा सञ्चालन गरिने बताएका छन् । एकीकृत सरकारी कर्मचारी सङ्गठनद्वारा आयोजित कार्यक्रममा उनले पहिलो चरणमा धुलिखेलदेखि रत्नपार्कसम्म ४० सिट क्षमताका २५ वटा बस सञ्चालनका लागि गृहकार्य भइरहेको जानकारी दिए । उक्त सेवाका लागि छुट्टै सडक ल्यान्ड निर्माण थालिएको बताउँदै उनले…