काठमाडौँ, ८ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हरेक काँधमा जिम्मेवारी हरेक हातमा काम हुने बताएका छन् । आजको केन्द्रीय कार्यसमिति बैठकमा जवाफ दिँदै उनले भने, ‘नेपाली कांग्रेसले कसैलाई बिर्सिँदैन। हामी केही नवीनतामा जानु आवश्यकता छ। हरेक काँधमा जिम्मेवारी हरेक हातमा काम हुनुपर्छ। सहमहामन्त्रीहरूबाटै कुरा गरौँ। कोही केन्द्रीय सदस्यको हात खाली नराखौँ काम गरौँ।’…