काठमाडौँ, ३१ जेठ । राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णय पुनरवलोकन गर्न सरकारलाई निर्देशन दिएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकबाट यस्तो निर्देशन दिइएको हो । यही जेठ १५ गते संघीय संसद्मा पेस गरिएको बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेजीको विषय समावेश भएको भन्दै सरकारलाई सो निर्णय पुनरवलोकन गर्न निर्देशन दिइएको…