मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षणको तयारी

काठमाडौँ, ८ माघ । मेलम्ची खानेपानी आयोजाको मुख्य एवं सबैभन्दा जटिल संरचना सुरुङमार्ग पुनः परीक्षणको तयारी अघि बढाइएको छ । विगतको त्रुटि सच्याउँदै सुरुङमा पुनः गेट जडान गर्ने काम अन्तिमतिर पुगेपछि आयोजनाले परीक्षण तयारीको गृहकार्य थालेको हो । आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले ढिलोमा आगामी फेबु्रअरीभित्र सुरुङमा मेलम्ची खोलो छिराएर (पथान्तरण) परीक्षण गरिने बताए । ‘सुरुङ गेटको काम सकिनै…