काठमाडौँ उपत्यकामा १०१७ थप जनामा कोरोना पुष्टि

काठमाडौँ, २० असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १०१७ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा ११८ गरी १०१७ जनामा संक्रमण पुष्टि भएको हो । थप १५ सय ५१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ९० हजार ८ सय  १४ जना पुगेको छ ।