भक्तपुर, ७ चैत । प्रतिनिधी सभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले गोलचक्करमा फसेको नेपालको अहिलेको राजनीतिलाई निकास दिन नयाँ जनादेशमा जानु उपयुक्त विकल्प भएको बताउनु भएको छ । मध्यपुरथिमि नगरपालिका वडा नं. ९ राधेराधेस्थित सडकको आज शिलान्यास गर्दै उहाँले नेपालको राजनीति गोलचक्करमा फसेकाले व्यक्तिको आकांक्षाको व्यवस्थापन एवं सम्बोधन गर्न राजनीतिमा चुनौती र जटिलता थपिएको बताउनुभयो…