पोखरा विमानस्थलमा १० अर्ब भ्रष्टाचार, नीतिगत निर्णय गर्ने नेतृत्वलाई उन्मुक्ति

काठमाडौँ, १४ वैशाख । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कम्तीमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको भनेर संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले प्रतिवेदन तयार पारेको छ । तर प्रतिवेदनमा एकातिर विमानस्थलको निर्माण, ठेक्का प्रक्रिया र लागत बढाउँदा नीतिगत निर्णय गर्ने उच्चस्तरीय पदाधिकारी कसैको पनि नाम र जिम्मेवारी किटान गरिएको छैन भने अर्कोतिर उपसमितिमा सरकारको नेतृत्व गरिरहेको दल एमालेका…