काठमाडौँ, ६ वैशाख । सामाजिक सञ्जाल कम्पनीहरूलाई सूचीकृत हुन सरकारले दिएको समयसीमा घर्किन लाग्दा नेपालमा उल्लेख्य प्रयोगकर्ता भएको फेसबुक, म्यासेन्जर, इन्स्टाग्रामलगायत प्लाटफर्मको प्यारेन्ट कम्पनी मेटा र नेपाल सरकारबीच कतिपय विषयमा असहजता देखिएको छ । मेटाले नेपालमा सूचीकृत हुने–नहुने विषयमा आइतबारभित्र जवाफ पठाउने प्रतिक्रिया दिइरहँदा शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तोकिएको समयभित्र सूचीकृत नभए प्रतिबन्ध…