वैशाख, ७ वैशाख । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले पार्टीको स्थापना दिवस मनाउँने भएको छ । काठमाडौंको कालिकास्थानस्थित एक पार्टी प्यालेसमा आज चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमसहित पार्टी स्थापना दिवस मनाइन लागिएको राजपाका महासचिव केशव झाले जानकारी दिएका छन् । पाहुनाहरूलाई संयोजक शरतसिंह भण्डारीसहित अध्यक्षमण्डलका सदस्यहरूले स्वागत गर्नेछन् ।