बिगतमा जनप्रतिनिधि आफ्नो क्षेत्रमा नफर्कदा विकासमा बादल, अहिले त्यस्तो दिन समाप्त : सांसद बस्नेत

भक्तपुर, २७ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जनताको साथ जनताकै विकास भएको बताउनुभएको छ । पलासे–रोतामाटे–काँक्रावारी सडक शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले सरकारले समृद्ध नेपाल सुखी नेपालीको अभियान अन्र्तगत प्रत्येक दिन एक कदम अघि जाने अभियान संचालन गरेकोमा भक्तपुरले भने एक कदममात्र नभई तीन चार कदम…