नेपाली सेनालाई भनसुन, आफन्तवाद र निकटताको प्रभावमा पर्दैन : प्रधानसेनापति थापा

असोज २६, काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना कसैको भनसुन, आफन्तवाद तथा निकटताको प्रभावमा नपर्ने बताउनुभएको छ । बिहीबार सैनिक जंगी अड्डा भद्रकालीमा पत्रकार सम्मेलन गरी उहाँले सेनाले संविधान विरोधी विखण्डनबादी तत्वहरुको गतिविधिलाई सूक्ष्म ढंगले नियाली रहेको जानकारी गराउनुभयो । उहाँले नेपाली सेना राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता सुनिश्चित गर्नु नेपाली सेनाको कर्तव्य भएको बताउनुभयो…