साउन ३१, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले सरकारले हावादारी कुरा गरेकाले समृद्धिको सपना पूरा नहुने ठोकुवासमेत गरेका छन् । नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार आयोजना गरेको समसामयिक अर्थ राजनीतिको समीक्षा विषयक कार्यक्रममा बोल्दै नेता महतले लगानीका लागि सरकारले निजी क्षेत्रलाई आकर्षित गर्नुपर्नेमा उल्टै निरत्साहित गरेको आरोप लगाएका छन् ।…