राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन

काठमाडौँ, १४ फागुन । महाशिवरात्रिको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको दर्शन गरेका छन् । बुधबार साँझ पशुपतिनाथ मन्दिर पुगेका राष्ट्रपति पौडेलले पशुपतिनाथको दर्शन गरेका हुन् ।  पशुपति दर्शन विधिअनुसार राष्ट्रपति पौडेलले पूजा आराधना एवं दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं…