जेनेभा, १३ फागुन । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा सदैव प्रतिबद्ध रहिआएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रलाई जेनेभामा सम्बोधन गर्दै मन्त्री डा. देउवाले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्धनमा नेपाल विश्वकै एक अग्रपंक्तिको राष्ट्रका रुपमा रहँदैआएको बताउनुभएको हो । मन्त्री डा…