हवाईमार्गका विषयमा झमेला नगर्न भारत सरकारलाई अध्यक्ष नेपालको आग्रह

काठमाडौँ, २० माघ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको हवाईमार्गका विषयमा अवरोध खडा नगर्न भारत सरकारसँग आग्रह गरेका छन् । नेपाल र भारतका पत्रकारको संस्था मिडिया फोर बोडर हार्मोनीले शनिबार रौतहट सदरमुकाम गौरमा आयोजना गरेको नेपाल–भारत मैत्री संवादमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले विमानस्थलको निर्माणमा सहयोग गर्न भारतलाई आग्रह गरेका हुन् । …