काठमाडौँ, १५ पौष । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल अहिले निर्माणको चरणमा रहेको बताएका छन् । आज सडक बोर्डको २२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री दाहालले सो कुरा बताएका हुन् । ‘अन्य मुलुकको तुलनामा अहिले हामी निर्माणको चरणमा छौँ । नेपालमा २०१३ सालमा कान्ति राजमार्गले काठमाडौँ र बाहिरका जिल्लालाई जोडेको…