चक्रपथ विस्तारबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौँ, ६ असार । चक्रपथ विस्तारबारे संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ । काठमाडौँबाट प्रतिनिधित्व गर्ने १० सांसदले प्रस्ताव दर्ता गराएका हुन् । चक्रपथ दोस्रो खण्ड विस्तार अलपत्र परेकाले प्रस्ताव दर्ता गराउनुपरेको उनीहरूले उल्लेख गरेका छन् ।  संसद्मा जेठ २९ मा प्रस्ताव दर्ता भए पनि बजेट पास भएपछि यसबारे छलफल हुने प्रस्तावक कांग्रेस सांसद प्रदीप पौडेलले बताए ।…