एमाले चितवनको अध्यक्षमा पाठक

चितवन, १६ जेठ । नेकपा (एमाले) चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला) मा मीनबहादुर परियार तथा  उपसचिव (महिला)तर्फ ज्वाला पुरी वन निर्वाचित भए । मतदानमा कुल सात सय २९ मत खसेको थियो । ११औँ जिल्ला अधिवेशनबाट उनीहरु निर्वाचित भएका हुन् ।  …