काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मानव अधिकार विरोधी क्रियाकलाप सदाका लागि अन्त्य गर्न सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिएका छन् । बुद्ध जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गरेर उनले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । नेपाल अझै पनि हिंसा, मानव…