काठमाडौँ, ११ जेठ । सहकारीको रकम अपचलन मुद्दामा संसदीय छानबिन समितिको कार्यदेश बनाउन गठित कार्यदलको बैठक शनिबार फेरि बस्ने भएको छ । आज बिहान बसेको बैठक सहमतिमा पुग्न नसकेपछि पुनः बस्ने गरी सकिएको थियो । कार्यदलका संयोजक कानुनमन्त्री पद्म गिरीले शनिबार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाएका छन् । नेपाली कांग्रेसका सहमहामन्त्री एवं कार्यदल सदस्य…