प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्ने

काठमाडौँ, ५ जेठ । संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग छलफल गर्ने भएका छन् ।  प्रधानमन्त्री प्रचण्डले शुक्रबार बेलुका नै विपक्षी दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेपनि अन्तिम समयमा स्थगित भएको थियो । आज प्रधानमन्त्रीको निमन्त्रणामा कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटार जाने तयारीमा…