काठमाडौँ, २३ वैशाख । जापानका विदेशमन्त्री योको कामिकावा नेपालको औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेकी छन् । आज काठमाडौँ आइपुगेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेश मन्त्री खामिखावा नेपाल भ्रमणमा आएकी हुन् । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा…