धनगढी, १९ वैशाख । सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बोलाइएको छ । मुख्यमन्त्रीको विश्वासको मतका लागि २१ वैशाख साँझ ५ बजे बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी ६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए । सोडारी नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक…