देशको राजनीति गलत दिशामा नजाओस् भन्ने कुरामा सजग छौँ : माधव नेपाल 

काठमाडौँ, १७ वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिलाई सही दिशामा लैजान आफूहरूको भूमिका रहने बताएका छन् । आज काठमाडौँमा अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ‘घुम्तीमा दुर्घटना नरोस् भन्नेमा आफूहरू सचेत’ रहेको बताए । “देशको राजनीति गलत दिशामा नजाओस् भन्ने कुरामा हामी सजग छौँ । सही दिशातर्फ अघि बढेस्…