काठमाडौँ, १५ वैशाख । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारको स्थायित्व कायम गर्न निर्वाचन पद्धति परिवर्तन गर्नुपर्ने बताएका छन् । आज नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै सभामुख घिमिरेले अहिलेको प्रणालीले स्थायी सरकार दिन नसक्ने भएकाले परिवर्तन आवश्यक भएको बताएका हुन् । उनले भने, ‘एउटा दलको बहुमत आउने खालको सरल निर्वाचन…