धनगढी, ४ वैशाख । सुदूरपश्चिममा मुख्यमन्त्री नियुक्ति एवं सरकार गठन गर्ने प्रक्रिया सोमबारसम्म अन्योलमै छ । आइतबार नागरिक उन्मुक्ति पार्टीकै दुई सांसदले बेग्लाबेग्लै समूह र समर्थक जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियालाई थाती नै राखेका छन् । कमलबहादुर शाहले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी…