काठमाडौँ, १७ चैत । अर्थमन्त्री वर्षमान पुनले बजेट मस्यौदा लेखन समिति गठन गरेका छन् । आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट वक्तव्य लेखनका लागि मन्त्रालयका सहसचिव धनीराम शर्माको संयोजकत्वमा अर्थमन्त्री पुनले शुक्रबार समिति गठन गरेका हुन् । समितिमा सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् । शर्मा, शाक्य, आचार्यद्वय र अर्याल…