इलाम र बझाङ उपनिर्वाचनको तयारीमा दलहरू

काठमाडौँ, १२ चैत । इलाम र बझाङमा आगामी वैशाखमा हुने उपनिर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूले तयारी थालेका छन् । दलका लागि जनमत परीक्षण गर्ने अवसरसमेत भएकाले उपनिर्वाचनलाई मुख्य गरी कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिष्ठाको विषय बनाउन खोजेका छन् । सत्ता गठबन्धनमा रहेका माओवादी र एकीकृत समाजवादीले भने उम्मेदवार अघि सार्ने कि नसार्ने निर्णय लिएका छैनन् ।…