काठमाडौँ, ११ चैत । होली पर्वमा ट्राफिक नियम उल्लंघन गरेर चलाइएका २४१ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार मध्याह्न १२ बजेसम्म काठमाडौंमा उपत्यकाका विभिन्न स्थानबाट ती सवारीसाधनलाई नियन्त्रणमा लिइएको हो । दुईपांग्रे २३३ र चारपांग्रे आठ सवारीसाधनलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरीका एसएसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । सवारीसाधनलाई ट्राफिक प्रहरीले विभिन्न ठाउँमा ‘होल्ड’ गरेर…