सम्पर्क बाहिर रहेका १८ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन आग्रह

काठमाडौँ, २१ असोज । प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका १८ प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन आउन आग्रह गरेको छ । कानुन शाखाले आज एक सूचना प्रकाशित गर्दै ७ दिनभित्र हाजिर हुन आग्रह गरेको हो ।