काठमाडौँ, २५ फागुन । नेपाली सेनाले आफ्नो स्थापनाको २६१ औँ वार्षिकोत्सवका अवसरमा मुलुकभर सेना दिवस मनाएको छ । आज शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा पनि भव्य रुपमा सेना दिवस मनाएको हो । नेपाली सेनाका परमाधिपतिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सेनाले परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध…