काठमाडौँ, १४ मंसिर । नेपाल राष्ट्र बैङ्कले जारी गर्ने मौद्रिक नीतिको पहिलो समीक्षामा मौद्रिक नीतिले गरेका व्यवस्थालाई खुकुलो बनाउन व्यवसायीहरूले माग गरेका छन् । विगत डेढ वर्षदेखि लिएको कसिलो मौद्रिक नीतिलाई पहिलो समीक्षामार्फत खुकुलो बनाउनुपर्ने माग निजी क्षेत्रले राखेको हो । व्यवसायीहरूले मौद्रिक नीतिको पहिलो समीक्षामा बैङ्क दर, नीतिगत दर र निक्षेप सङ्कलन दरलाई घटाउनुपर्ने माग…