सर्वोच्चमा छिट्टै न्यायाधीश नियुक्तिको पहल गर्दैछु : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ, २४ कार्तिक । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया छिटै टुंगिने बताएका छन् । आज सर्वोच्च अदालत बार एशोसिएशनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश श्रेष्ठले तीनै तहका अदालतमा बाँकी न्यायाधीश नियुक्ति प्रक्रियालाई छिटै टुंग्याउने बताएका हुन् । आफू प्रधानन्यायाधीश भएको छोटो समयमै न्यायाधीश नियुक्तिको पहल गरेको भन्दै उनले भने,…