दसैंमा धमाधम काज मिलाउँदै कर्मचारी, सेवा प्रभावित

काठमाडौँ, ३० असोज । दसैं बिदा सुरु नहुँदै सरकारी कर्मचारी धमाधम भ्रमण आदेश (काज) स्वीकृत गराउँदै गृह जिल्ला अथवा घरनजिकका जिल्ला जान थालेका छन्। यसबाट अत्यावश्यकीय सरकारी सेवासमेत प्रभावित हुन थालेको छ। भ्रमण आदेश स्वीकृत गराएपछि सरकारी कर्मचारीलाई दोहोरोरतेहोरो फाइदा हुन्छ। काज स्वीकृत गराएमा बिदाभरि सरकारी सवारीसाधन प्रयोग गर्न पाइन्छ। यसैगरी अतिरिक्त भ्रमण भत्ता पाइन्छ।  यसबाहेक…