विश्व स्वास्थ्य सङ्गठनद्वारा गाजामा विनाशकारी अवस्थाको चेतावनी

एजेन्सी, २० वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गाजामा विनाशकारी अवस्थाको चेतावनी दिएको छ । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानम गेयब्रेयससले गाजाको अवस्था विनाशकारी रहेको र २० लाख मानिसले भोकमरीको सामना गरिरहेका बताउनुभएकाे कतार न्युज एजेन्सीले जनाएको छ । स्विट्जरल्यान्डको जेनेभेमा आज पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक गेयब्रेयससले डब्ल्यूएचओले अभूतपूर्व कोष चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्नुभयो…