सिरियाको हतियार भण्डारमा विस्फोट : ३९ जनाको मृत्यु

साउन २८, एजेन्सी । सिरियाको उत्तरपश्चिममा अवस्थित प्रान्त इदलिवमा भएको एक हतियार भण्डारण केन्द्रमा विस्फोट हुँदा १२ बालबालिका सहित ३९ को ज्यान गएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले हतियार तस्करले हतियार भण्डारण गर्दै आइरहेको भवनमा विस्फोट भएको जनाएका छन् । विष्फोटबाट भण्डार रहेको भवन पूर्णरूपमा भत्किएको र भग्नावशेषमा थुप्रै मानिस परेको हुनसक्ने जनाएको छ ।…