अर्थ

एभरेष्ट बैंकले नुवाकोटको दुप्चेश्वर र बट्टारमा शाखा विस्तार



जेष्ठ १२, काठमाडौं । एभरेष्ट बैंकले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्ने क्रमलाई निरन्तरता दिंदै नुवाकोटको दुप्चेश्वर र बट्टारमा आफ्नो शाखा विस्तार गरेको छ ।

बट्टार शाखाको समुद्घाटन बिदुर नगर पालिकाका मेयर श्री सन्जु पन्डित र बंैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए । यसैगरि, दुप्चेश्वर शाखाको समुद्घाटन दुप्चेश्वर गाउँ पालिकाका अध्यक्ष योबिन्द्र सिं तामाङ्ग र बंैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए ।

यस बैंकको सन्तुष्ट ग्राहकहरुको संख्या साढे नौ लाख भन्दा बढि रहेको छ जुन बैंकिङ्ग क्षेत्रमा नै सबैभन्दा उच्च हो । बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।