अर्थ

सुनको मूल्य बढ्यो



साउन २५, काठमाडौँ ।  चार दिनदेखि स्थिर रहेको सुनको मूल्य आज शुक्रबार भने एक सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला मूल्य ५६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला मूल्य ५६ हजार दुई सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार तेजावी सुन पनि १०० ले बढेर प्रतितोला मूल्य ५५ हजार ९०० रुपैयाँमा पुगेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ