विचार/ब्लग

पर्यटन र समृद्धि



तेज बहादुर ढकाल

नेपाललाई साच्चिकै समृद्धिमा लैजाने हो भने हामीलाई १० वर्ष सम्म दोहोरो अंकको आर्थिक बुद्धि आवश्यक हुन्छ । यो कुरा पर्यटन क्षेत्रबाट मात्र सम्भव छ । किनभने कृषि र उद्योगबाट सरदर ६-७ प्रतिशत मात्र आर्थिक बृद्धि हुन्छ । कृषिलाई हामीले खाद्यान्नमानआत्मनिर्भरता, ग़रिबी निबारण, रोजगारी सृजना र वाताबरणीय सुधारको बाहककोरूपमा हेर्नु पर्ने हुन्छ । चीन र भारतको औधोगिक विकासले उच्च मूल्यका विषेश उत्पादन बाहेकका क्षेत्रमा हामीलाई प्रतिश्पर्धा गर्न कठिन हुन्छ । चिन र भारत हाम्रा लागि अवसर भन्दा चुनैतिका रूपमा अगाडि आएका परिप्रेक्षमा पर्यटन मात्र हाम्रो पर्तिष्पर्धात्मक क्षमता र तुलनात्मक लाभको क्षेत्र भएकाले हामी सबैको ध्यान यसतर्फ केन्दित हुनु जरूरी छ ।

हामी अधिकांश नेपालीको घर र गोठबाट मरोरम हिमाल, नागबेली नदी, शुन्दर बेशीका फाटहरू, सूर्योदय र सुर्यास्तका मनमोहक दृष्यहरू देखिन्छन् । सरकारले यो बर्षलाई नेपाल भ्रमण बर्ष मानी २० लाख पर्यटक भित्रियाउने लक्ष्यका साथ व्यापक प्रचार गर्दैछ । हामी सबै उद्यमी बनौ । गाऊ गाऊ र बस्तिमा मात्र हैन गोठ र चरनहरूमा पनि पर्यटक भित्रियाऊ । अहिले हामीलाई हरियो मात्र देखिने तर कहिल्यै नफुल्ने र नफल्ने “मोनि प्लान्ट” जस्तो होईन “अंगुर” जस्तो झुप्पा झुप्पा फल्ने पर्यटनको विकास चाहिएको छ । हामीलाई पर्यटकहरूको संख्या मात्र हैन गुणस्तर पनि चाहिएको छ ।

भिजिट नेपाल २०२० लाई भव्यरूपमा सफल पारौ । यो सरकारको मात्र कार्यक्रम हैन तपाई हाम्रो आफ्नै कार्यक्रम हो । नेपाललाई समृद्ध बनाउने ईमान्दार प्रयास पनि हो । सरकारको होष्टेमा हैसे गरी आफू पनि बनौ राष्ट्र पनि बनाऔ ।