‘बजेट परम्परागत र महत्त्वाकांक्षी’

काठमाडौँ, २४ जेठ । सांसदहरूले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट परम्परागत र महत्त्वाकांक्षी भएको बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा सत्तापक्ष तथा प्रतिपक्ष सांसदहरूले बजेट निर्माणको परम्परागत प्रवृत्ति यसपटक पनि दोहोरिएको बताएका हुन् ।  सत्ता साझेदार एमालेका सांसद ठाकुरप्रसाद गैरेले बजेट र सत्तारूढ दलहरूसँग भएको साझा न्यूनतम कार्यक्रम समझदारी, नीति सिद्धान्त कार्यक्रमबीच तालमेल खड्किएको…