काठमाडौँ, ३० वैशाख । आर्थिक वर्षको १० महिना सकिनै लाग्दा सरकारी वित्त झन्डै २ खर्ब रुपैयाँले घाटामा छ । पुँजीगत खर्च निकै न्यून रहे पनि लक्ष्यअनुसार राजस्व संकलन नहुँदा सरकारी वित्त घाटा निरन्तर बढिरहेको हो । गत शुक्रबारसम्म सरकारको कुल आय प्राप्ति ८ खर्ब ४५ अर्ब ३४ करोड रुपैयाँ मात्र छ । यो वार्षिक लक्ष्यको ५७.४१ प्रतिशत हो ।…