काठमाडौँ, ३ फागुन । विभिन्न आयोजनाको ठेक्काबापतको भुक्तानी नपाएपछि निर्माण व्यवसायीले काम रोक्ने चेतावनी दिएका छन् । देशभर सञ्चालित प्रायः आयोजनामा काम भए पनि नियमित भुक्तानी हुन नसकेको भन्दै व्यवसायीले काम बन्द गर्ने चेतावनी दिएका हुन् । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार दुई हजारभन्दा बढी आयोजनाको म्याद सकिँदा विभिन्न विकासे मन्त्रालयमा करिब ४० अर्ब रुपैयाँ भुक्तानी रोकिएको…